बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले आफ्नो पदबाट राजिनामा दिने घोषणा

असार १०, २०७३ – बिहीबार भएको जनमत संग्रहबाट बेलायत यूरोपियन यूनियसँग छुट्टिने निर्णय भएलगत्तै प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पद छाड्ने घोषणा गरेका छन् । जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै क्यामरुनले अक्टोबरदेखि पद छाड्ने घोषणा गरेका हुन् ।

उनले अर्को नेतृत्व तयार भएपछि पद छाड्ने बताएका हुन् । जनमत संग्रह अघि प्रधानमन्त्री क्यामरुनले आर्थिक बृद्धि र सुरक्षाका लागि इयूमै रहनुपर्ने भएकाले सोही अनुसार मतदान गर्न आग्रह गरेका थिए ।

तर, बिहीबार भएको जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले बेलायतले इयू छाड्नु पर्ने भन्दै मतदान गरेका छन् ।

क्यामरुनले आफूले पद छाड्ने निर्णय महारानीलाई जानकारी गराइसकेको र छोटो समयको लागि मात्रै पदमा बस्ने बताए । अक्टोबरमा हुने कन्जरभेटिभ पार्टीको सम्मेलनपछि क्यामरुनले पद छाड्नेछन् ।

‘इयूसँग सम्झौता गर्ने जिम्मेवारी नयाँ प्रधानमन्त्रीको हुनेछ’, क्यामरुनले भने,‘बेलायतका जनताले इयूबाट छुट्टिने भनेर मत खसालेका छन् र उनीहरुको मतको सम्मान हुनेछ ।’

3total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *