बेलायती रक्षामन्त्रीको वार्ता प्रस्तावभूपू गोर्खाद्वारा अस्वीकार

असार १५, २०७३- आन्दोलनरत भूपू गोर्खाहरुले बेलायती रक्षामन्त्रीको वार्ता प्रस्ताव अस्वीकार गरिदिएका छन् । वार्ता प्रस्तावमा पूर्ण समानताको ‘अजेन्डा’ कतै नउठाइएको भन्दै भूपू गोर्खाहरुलेवार्ता अस्वीकार गरेका हुन् ।

भूपू गार्खाहरुले समान पेन्सन, वयस्क छोराछोरीलाई बिना शर्त आवासीय भिजा, क्षतिपूर्ति, नेपालमा रहेका भूपू गोर्खा तथा तिनका परिवारलाई शतप्रतिशत स्वास्थ्य सुविधा तथा कटौती -रिडन्डेन्सी) मा परेकालाई पनि औपचारिक पेन्सन दिनुपर्ने माग राख्दै आएका छन् ।

गत २३ जुनका दिन बेलायती सैनिक सचिवालय प्रमुख डामियन प्याटरसनले रक्षामन्त्रीको प्रस्ताव बमोजिम आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिलाई वार्ताका लागि आग्रह गरेका थिए ।
तर, समितिका महासचिव डा. रामनारायण कन्दङवाले प्याटरसनको पत्रको जवाफ दिंदै पूर्ण समानताको कुरा नउठाइएकाले आफूहरु वार्तामा नबस्ने स्पष्ट पारेका छन् । कन्दङवाले पत्र पठाएकामा स्वागत गर्दै यदि वार्ता बस्ने हो भने नेपाल सरकारसंग वार्ता गर्नुपर्ने र पूर्ण समानता प्रमुख अजेन्डामा हुनुपर्ने बताएका हुन् । प्याटरसनगोर्खा भेट्रानको कल्याण र नीति निर्माण गर्ने वरिष्ठ अधिकारी हुन् ।

‘यसअघि रक्षा मन्त्रालयले सधैं दिनुपर्ने बांकी केही छैन् आन्दोलन नगर्नुस् भन्ने जवाफ पठाउंथ्यो । यसपटक चाहिं वार्तामा बस्न आग्रह गर्नुलाई हामीले आंशिक सकारात्मक नै मानेका छौं’, कन्दङवाले भने ।

यसअघि बेलायत सरकारले आफ्ना मागबारे वास्ता नगरेको भन्दै गत अपि्रल २४ देखि आमरण अनसन बस्ने बताएका भूपू गोर्खाहरुले त्यसलाई दुई महिनासम्मका लागि स्थगन गरेका थिए । अहिले फेरि नोभेम्बर ७ सम्म अनसन स्थगित गर्ने निर्णय भएको छ । यस निर्णय सम्वन्धमा प्रधानमन्त्री डेभिड क्यामरुन र सैनिक सचिवालयलाई अवगत गराइसकिएको समितिले जनाएको छ ।

गोर्खा मागका सम्वन्धमा नेपाल सरकारले बेलायत सरकारलाई औपचारिक पत्र लेखिसकेको छ भने सभामुख ओनसारी घर्तीमगरले केही महिनाअघि बेलायत भ्रमणका क्रममा भूपू गोर्खाहरुको विषयलाई गम्भीरतापूर्वक लिंदै ठोस पहलकदमी लिने आश्वासन दिएकी थिइन् ।

http://bit.ly/29377Tr

3total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *