बेलायतमा नेपाली क्रिकेट टिमको अर्को जित, इस्टबोर्न १८१ रनले पराजित

२ साउन, काठमाडौं ।विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसँगको खेलको तयारीका क्रममा बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले इस्टबोर्न क्लबमाथि शानदार जित हात पारेको छ ।

लर्डसमा एमसीसीसँग खेल्नु अघि आइतबार भएको खेलमा नेपालले इस्टबोर्नलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो नेपालको लगातार चौथो जित समेत हो ।

नेपालले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको इस्टबोर्न ३४.३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३०० रन बनायो । ओपनर अनिल मण्डलले ७३ रन बनाए । शरद भेषावकरले ६० रन बनाए ।

सुवास खकुरेल भने मात्र ६ रनमा आउट भएका थिए । विनोद भण्डारी ७७ र राजु रिजाल ६० रनमा अविजित रहे ।

 

85total visits,3visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *