नेपाली समाज युएईले बृहत सांस्कृतिक कार्यक्रम गर्दै

युएईको सबैभन्दा पुरानो संस्था नेपाली समाज, युएईले आफ्नौ २६ औं वाषिर्कोत्सवमा यहाँ रहेका सबै नेपाली संघसंस्थाहरुको संलग्नतामा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी अगस्ट ५ तारिकमा अलकुजको डुलस्को हलमा आयोजना हुने बृहत् साँस्कृतिक कार्यक्रमा युएईमा रहेका नेपाली कलाकारहरुको घेरै भन्दा धेरै सहभागिता गराइने समाजका महासचिव मणि भुर्तेलले जानकारी दिए ।

समाजको २६ औं बार्षिकउत्सवको बारेमा सबैलाई जानकारी गराउँदै महासचिव भुर्तेलले विपतमा परेका नेपालीहरुको उद्धारका लागि एक बृहत् कोष स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उक्त कार्यक्रमको सफलताका लागि नेपालीहरुको बाक्लो बासस्थान भएका ठाउँहरुमा नेपाली समाजका पदाधिकारीहरु कार्यक्रमको प्रचारप्रसारमा व्यस्त देखिन्छन् । दुबईको सोनापुर, अलकोज र जेबलअलीका लेबर क्याम्पहरुमा नेपाली समाजका सदस्यहरु सक्रियतापूर्वक खटिएका छन्् ।

महासचिव मणि भुर्तेल, सचिव सुरज भित्रीकोटी साथै समाजमा लामो समय काम गरेका कमल बस्याल, दुर्गा पंगेनी, जनार्दन भुर्तेल, लेखनाथ भण्डारी, सुक्र सलामीको टिमले जेबलअली, डिआईपी क्षेत्रका लेबरक्याम्पको भ्रमण गरी कार्यक्रमको औचित्यबारे बताइरहेको छ ।

विगतदेखि वर्तमानसम्म संस्थामा रहेर सहकार्य गरेका तथा अन्य संघसस्थामा रहेका समाजसेवीहरुलाई भेटने र आपसी भाइचारा बढाउँदै नेपालीनेपाली बिच सहयोग आदानप्रदान गर्न समाजका पदाधिकारीहरु क्रियाशील भएको सचिव भित्रीकोटीले बताए ।

युएईका रहेका सबै सामाजिक संस्थाको ब्यानर तथा प्रस्तुतिलाई स्थान दिने उक्त बृहत् साँस्कृतिक कार्यक्रममा सहकार्य गर्न समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले आग्रह गरेका छन् ।

नेपाली नेपालीबीच एकता, सहयोग र सहकार्यका लागि नेपाली समाजले आयोजना गर्ने उक्त कार्यक्रमको दीर्धकालीन महत्व रहने अध्यक्ष सापकोटाको दाबी छ ।

 

8total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *