आजबाट, असन्तुष्ट नेविसंघ नेताहरूको आमरण अनशन

१५ साउन, काठमाडौं । महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व विधिवतरुपमा छनोट नगरिएको विरोधमा संघर्षरत नेविसंघको असन्तुष्ट पक्षले आजदेखि आमरण अनशन सुरु गर्दैछन् ।

Nebisanghकांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले शनिबार दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।

नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै कुन्दनराज काफ्ले नेतृत्वको समूह असन्तुष्ट छ । असन्तुष्ट पक्षले यही साउन ९ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।

ुरिले अनशनले छैठौं दिन पार गर्दा पनि हाम्रा माग बेवास्ता गरिएकाले आमरण अनशन बस्न बाध्य भएका हौं,ु नेविसंघमा महामन्त्रीका दावेदार डिल्लीराम सुवेदीले भने ।

सुवेदीले लामो समयदेखि हुन नसकेको महाधिवेशन विधिवत र धाँधलीरहित रुपमा सम्पन्न गरी नेविसंघमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्ने संघर्षमा सहयोग गरिदिन सञ्चारमाध्यमहरुलाई आग्रह पनि गरेका छन् ।

17total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *