सिगात्सेको रेल केरुङ हुँदै भारत पुर्‍याउन सकिन्छः चिनियाँविज्ञ

२१ साउन, काठमाडौं । चिनियाँ अधिकारीहरुले आफ्नो देशको ट्रान्स-हिमालय रेलवे नेपाल हुँदै भारतसँग जोड्नका लागि आर्थिक र प्राविधिक हिसावमा सम्भव रहेको बताएका छन् । चीन नेपाल र भारतलाई रेल्वेले जोड्ने यो विषयले भारतीय मिडियामासमेत चर्चा पाएको छ ।

प्रेस ट्रष्ट अफ इण्डियाले जनाएअनुसार बेइजिङ विश्वविद्यालयका विज्ञान तथा प्रविधि उपप्रमुख जोङ ग्याङले ‘चाइनिज टिबेटोलोजी रिसर्च सेन्टर’मा भनेका छन् कि ‘हिमालय पर्वतमा रेलवे विस्तार गर्न आर्थिक र प्राविधिकरुपमा सम्भव छ ।’

चीनले प्रस्ताव गरेको ट्रान्स-हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ ।

Nepal-China-Rail-Lineचीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मै रेल पुर्‍याएको छ । त्यसपछि २५० किलोमिटर बिस्तार गर्दै सिगात्सेसम्म ल्याइपुर्‍याएको छ ।

चाइना डेलीले शुक्रबार प्रकाशित गरेको नक्सा अनुसार चिनियाँ रेलवेको योजना सिगात्सेबाट याडोङ र बुराङसम्म छ । यी दुई स्थान भारतको सिक्किम र उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै नेपाली सीमा केरुङमा पनि रेलवे लाइन विस्तारको परियोजना चीनले बनाएको छ ।

केरुङ सीमाक्षेत्र समुद्री सतहबाट २८०० मिटरको उचाइमा छ । जबकि नेपालमा १८०० मिटरबाटै हिमाल सुरु हुन्छ, यसले रेलवे विस्तारका लागि भौगोलिक रुपमा सम्भव देखाएको उपनिर्देशक जोङले भनेका छन् ।

60total visits,3visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *