बहुविवाह गर्दा घर भत्ता

- नेपाली सन्देश

फाल्गुन २९, २०७४

संयुक्त अरब इमिरेट्स ९युएई० सरकारले बहुविवाह गर्ने पुरुषलाई घर भत्ता दिने नयाँ कानुनको घोषणा गरेको छ ।
युएईमा महिलाहरूको जनसंख्या बढ्दै गएपछि पुरुषले बहुविवाह नगरे विवाह गर्ने पुरुष फेला पार्न कठिन हुँदै जाने कुरा खलिज टाइम्सले जनाएको छ ।

यस्तो अवस्थामा विकास मन्त्रीले कुनै पुरुषले बहुविवाह गर्छ भने उसलाई सरकारले बनाएको घरमा बस्न दिने घोषणा गरेका हुन् । युएई सरकारले एक जनासँग विवाह गर्नेलाई पनि घर भत्ताको सुविधा दिँदै आएको थियो भने दोस्रो विवाह गर्दा कान्छी श्रीमतीलाई कहाँ राख्ने भन्ने द्विविधा नहोस् भनेर प्रोत्साहनस्वरूप यो निर्णय गरिएको बताइएको छ ।

Tue-Mar-2018, 01:38 pm मा प्रकाशित, 21 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *