एउटै कम्पनीको विमान : आइतबार इरानमा, सोमबार नेपालमा दुर्घटना

  • 14
    Shares

 

काठमाडौं २९ फाल्गुन | सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यस्तै २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त विमान क्यानडाको मोन्ट्रियलस्थित बम्बार्डिएर इन्कले बनाएको हो ।

यसो त सोही कम्पनीको बम्बार्डिएर च्यालेन्जर ६०४ निजी जेट विमान अघिल्लो दिन इरानमा पनि दुर्घटना भएको थियो । सो दुर्घटनामा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको थियो । इरानमा दुर्घटना भएको जेट विमान टर्किस व्यापारी हुसेन बसरनको थियो । विमानमा उनकी छोरी र साथीहरू थिए । अर्को महिना विवाह हुन लागेको हुसेनकी २८ वर्षे छोरी मिना विवाहअघिको पार्टीमा सहभागी भएर फर्कंदै थिइन् । विमानमा रहेका उनका सात जना साथीहरू सबैको निधन भएको छ ।

23total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *