भौतिकशास्त्री स्टेफेन हकिङको निधन

- नेपाली सन्देश

बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ को ७६ वर्षको उमेरमा निधन भएको छ। विश्वचर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ का लेखक हकिङ्स आफ्नो ‘ब्ल्याक होल’ सिद्धान्तका कारण चर्चित थिए।

प्राध्यापक हकिङका सन्तान लुसी, रोबर्ट र टिमले एक वक्तव्यमार्फत बुधबार बिहान क्याम्ब्रिजस्थित आफ्नै घरमा निधन भएको जानकारी दिएका हुन्।

 

‘हाम्रा प्रिय पिता आज बित्नुभयो, हामी निकै दुःखी छौँ,’ उनीहरुले भनेका छन्, ‘उहाँ महान वैज्ञानिक र असाधारण मानिस हुनुहुन्थ्यो, जसको विरासत अझै धेरै वर्षसम्म जीवित रहनेछ।’

क्याम्ब्रिज विश्वविद्यालयले गनभिल्ल र किस कलेजमा उनीप्रति शोक व्यक्त गर्न चाहनेहरुका लागि शोकपुस्तिका राख्ने भएको छ।

८ जनवरी १९४२ मा जन्मेका हकिङलाई विरलै मात्रामा पाइने एएलएस नामक रोग लागेको थियो, जसका कारण उनी विस्तारै पक्षघातको शिकार बनेका थिए।

Wed-Mar-2018, 04:55 am मा प्रकाशित, 37 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *