अंग्रेजी प्रश्नको हिन्दीमा उत्तर दिएका ऋषि धमलाको पक्षमा एलिजाले दिईन् कडा प्रतिक्रिया

  • 25
    Shares

काठमाडौँ, हिजो त्रिभुवन विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन् भने अन्य २२ जनाको केएमसी, नर्भिक लगायतका विभिन्न अस्पताल उपचार भैरहेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको बंगला विमान दुर्घटनापछि विश्वभरका मिडियाका ध्यान नेपालमा गयो ।

ति मध्ये भारतका डिडि न्युज च्यानलले पनि नेपालमा भएको भयानक दुर्घटनामा चासो राख्दै समाचार सम्प्रेषण गर्यो। घटनाबारे जानकारी लिनको लागि भारतबाट डिडि न्युज टेलिभिजनले पत्रकार ऋषि धमलालाई फोन गर्यो। टेलिभिजनबाट बिमान दुघर्टनाको बारेमा अंग्रेजीमा गरिएको प्रश्नमा पत्रकार धमलाले हिन्दि भाषामा उत्तर दिएका थिए। अहिले सोहि विषयलाई लिएर सामाजिक संजालमा अनेक टिका-टिप्पणीको साथै निकै ट्रोल बनिरहेको छ। आफ्नो पतिले बोलेको कुरा ट्रोल बनेपछि धमला पत्नी एलिजा गौतमले एक स्टाटस लेख्दै कडा प्रतिक्रिया दिएकी छिन्।

17total visits,2visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *