पूर्व अर्थमन्त्री डाक्टर महतमाथी यसरी आक्रमण भएको थियो, भिडियोसहित (हेर्नुहोस्)

- नेपाली सन्देश

विदुर । पूर्व अर्थमन्त्री डा रामशरण महत नुवाकोटको एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको अवस्थामा एक युवकबाट कुटीएका छन् ।

जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले बिहीवार उनको टाउकोमा ताकेर बोत्तल हानेका थिए । बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले तत्कालाई नियन्त्रणमा लिएको थियो ।

 

दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरी खड्कालाई प्रहरीले पक्राउ गरेको हो । शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिए।

खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

Sat-Mar-2018, 02:05 pm मा प्रकाशित, 29 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *