शेरबहादुर र आरजुलाई सिध्याउन निधि नै उत्रिए, यसरी सुरु भयो देउवाको पतन

  • 28
    Shares

काठमाडौं । शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व हत्याउन जहाँबाट सुरुवात गरेका थिए, त्यहीँबाट उनको पतनको सुरुवात भएको छ । देउवाले भातृसंगठनबाट जित्न सुरु गरेका थिए ।

अहिले तिनै संगठनले देउवाको साथ छाड्न सुरु गरेका छन् । नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी संघमा देउवा समूहले नराम्रोसँग पकड गुमाएको छ ।

देउवा समूहका अधिकांश उम्मेदवार पराजित भएका छन् । शिक्षक संघको अध्यक्षमा सुरेन्द्रराज पौडेल र निजामती कर्मचारी संघको अध्यक्षमा गोपाल पोखरेल विजयी भएका छन् ।

 

अध्यक्षमा विजयी भएका पौडेल र पोखरेल देउवा समूहका होइनन् ।स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले देउवा र उनकी पत्नी आरजु राणा देउवाका कारण पराजय भोग्नु परेको भन्दै शुभेच्छुकहरुले देउवा समूहलाई भोट दिएनन् ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा जितेर संसदीय दलको नेता वा मुख्य सचेतक पद खाने भनेर तयारी गरेकी आरजु पराजित भएपछि रनाह परेकी हुन् ।

आरजुलाई हराउन स्वयं शेरबहादुरका भक्त विमलेन्द्र निधि नै सक्रिय भएका थिए ।निधि पहिला आरजुलाई कैलालीबाट जिताउन भनेर सक्रिय भएका थिए ।

तर, आरजुले निधि र डा.शेखर कोइरालालाई हराउन आफ्ना खास व्यक्तिलाई प्रयोग गरेकी थिइन् । आजकाल निधि नै आरजुको विपक्षमा छन् ।

देउवासँगको पुरानो सम्बन्धका कारण निधिले गुट छाड्न सकेका छैनन् । तर, निधिले मौका मिल्ने वित्तिकै देउवा समूह छाड्ने तयारी गरेको स्रोतको भनाई छ ।

आरजुले निधि र डा.कोइरालालाई हराउन तिनै व्यक्ति मार्फत पाँच/पाँच करोड दिएर पठाएको निधिको क्याम्पमा अहिले पनि चर्चा हुने गरेको छ ।

त्यस बेलाका प्रधानमन्त्री देउवाको पावर लगाएर आरजुले आफ्नै समूहका निधिलाई हराएकी हुन् । नत्र धनुषामा निधिले राजेन्द्र महतोलाई हराउने पक्का थियो ।

मोरङमा डा.कोइरालाको जित पनि पक्का थियो । मोरङमा डा.कोइरालाले ६ सय ७८ मतले एमालेका लालबाबु पण्डितसँग पराजय भोग्नु परेको थियो ।

त्यही प्रदेशमा चुमनारायण सरदार र केदार कार्की विजयी भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । nuwakotexpress.com

6total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *