६८ वर्षकी बलिउड अभिनेत्री जीनत अमान बलात्कृत !

  • 38
    Shares

डिसी नेपाल , ९ चैत्र २०७४
मुम्बइ। बलिउड अभिनेत्री जीना अमानले एक व्यवसायीमाथि बलात्कारको अभियोग लगाउँदै प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् । ६८ वर्षकी यी अभिनेत्रीले ३८ वर्षका व्यवसायी अमन खन्नामाथि बलात्कारको अभियोग लगाएकी हुन् ।

जीनाले अमनविरुद्ध हिजो साँझ बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीले अमनलाई राती पक्राउ गरेको बताएको छ । मुद्दा मुम्बइको जुहू पुलिस स्टेशनको क्राइम ब्रान्चमा दर्ता गरिएको छ । जीनतले यसअघि पनि अमनविरुद्ध आफ्नो पीछा गरेको र धम्क्याएको आरोप लगाइसकेकी छिन् । अमनविरुद्ध यही ३० जनवरीमा जीनतलाई अश्लील म्यासेज पठाएको, उनको घरमा जबरजस्ती प्रवेश गरेको गार्डलाई कुटपिट गरेको आरोपसमेत लागिसकेको छ ।

स्रोत:dcnepal बाट

20total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *