फिलिपिनो महिलाको हत्या गरि फ्रिजमा राख्ने जोडीलाई सुनाइयो मृत्यु दण्डको सजाय

  • 6
    Shares

पिलिपिनो महिलाको हत्या गरेको अभियोगमा दुइ लेबनानी जोडीलाई कुवेत अदालतले मृत्यु दण्डको सजाय सुनाएको कतार अनलाइन न्युज पोर्टल दि पेनिन्सुलाले जनाएको छ ।

कुवेत प्रहरीले घरायसी काम गर्ने १ जना फिलिपिनो महिलालाई एउटा फ्रिजरमा मृत अवस्थामा फेला पारेको घटनाको सिलसिलामा कुबेतस्थित उनका मालिकलाई गिरफ्तार गरि हत्या गरेको अभियोगमा दुवैजनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।

२९ वर्षीया जोन्ना डेमाफेलिस नामक ती महिला हराएको उजुरी गरिएको १ वर्षभन्दा लामो समयपछि उनकै मालिकको अपार्टमेन्टको फ्रिजरमा मृत अवस्थामा भेटिएकी थिईन ।

गत महिना फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कुवेतस्थित घरेलु कामदाररुपमा रहेर दुर्व्यवहार परेकालाई गत महिना फिर्ता हुन् र घरेलु कामदारको रुपमा कुवेत नजान भन्दै आएका छन ।

घटना सार्वजनिक भएपछि कामको सिललिामा फिलिपिनोहरूलाई कुबेत जान रोक लगाउनुपर्ने माग बढ्न थालेको छ। हाल कुवेतमा दुइ लाख पचास हजार भन्दा धेरै फिलिपिनो नागरिक हरुले विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् !

यस घटनापछि घरेलु कामदारको रूपमा कार्यरत १ हजार जनाभन्दा बढी फिलिपिनोलाई कुबेतबाट फर्काइएको छ। फिलिपिनी विदेश विभागले कुबेतमा अझै आफ्ना २ लाख ५२ हजार नागरिक कार्यरत रहेको र त्यी मध्य अधिकांस घरेलु कामदारकोरुपमा रहेको जनाएको छ।

त्यसैगरी फिलिपिनो महिलाहरु घरेलु कामदारको रुपमा खाडीका विभिन्न राष्ट्रमा अत्यधिक संख्यामा रहेको फिलिपिनी विदेश विभागले जनाएको छ ।

स्रोत्:देश संचार

22total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *