पहिल यो तस्बिर राम्ररी हेर्नुस् अनि ,२ मिनेट समय दिएर अबस्य पढ्नुहोला,होस् उड्ने छ तपाईको

  • 18
    Shares

आफूलाई पुरुष भन्ने गरेको र दाइजोका लागि दुई जना महिलालाई झुक्याएर विवाह गरेको आरोपमा भारतीय प्रहरीले एक महिलालाई पक्राउ गरेकाे छ ।कृष्णा सेन नाम गरेकी ती महिला बुधवार भारतको उत्तराखण्ड राज्यबाट दाइजो मागेको आरोपमा पक्राउ परेकी हुन्। भारतमा दाइजो माग्नु कानुनविरुद्ध हुन्छ। सोधपुछका क्रममा मात्रै उनी महिला भएको पत्ता लागेको प्रहरीले बतायो। प्रहरीका अनुसार पहिला स्वीटी भनेर चिनिने २६ वर्षीया सेनले सन् २०१४ मा पहिलो विवाह गरेदेखि पुरुषको भेषमा घुम्ने गरेकी छिन्।

पहिला कृष्णाले भनेका कुरा हामीले बुझ्नै सकेनौँ, वरिष्ठ प्रहरी अधिकृत जनमेजय खान्डुरीले भने। प्रहरीले स्वास्थ्य परीक्षण गराएपछि मात्र उनी महिला रहेको पत्ता लाग्यो।सेन आफ्नी पहिली श्रीमतीसँग विवाहलगत्तै छुट्टिएको र उनले अर्की महिलासँग गत वर्ष अप्रिलमा विवाह गरेको बताइएको छ। तर भूतपूर्व ससुराली पक्षले सेनले दाइजोका लागि आफ्नी छोरीलाई उत्पीडन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको थियो। उनीहरूले सेनले व्यापार गर्न भनी भारु आठ लाख ५० हजार सापट लिएको तर फिर्ता नगरेको आरोप पनि लगाएका छन्।

दक्षिण एसियामा बेहुलीका माइतीबाट बेहुलाको परिवारले पैसा, लुगा र गहना दाइजोका रूपमा लिने पुरानो चलन हो। भारतमा यसलाई सन् १९६१ मै प्रतिबन्धित गरिएको भए पनि दाइजो प्रथाले निरन्तरता पाइराखेको छ। प्रहरीका अनुसार सेनले उनीहरूलाई आफू सधैँ पुरुष हुन र पुरुषकै जीवन बाँच्न चाहेको बताइन्।

तर उनका बाबुआमालाई सेनका क्रियाकलापबारे थाहा भए नभएको भने स्पष्ट छैन। उनले विवाह गरेका दुवै महिलालाई सेनबारे केही शङ्का नभएको जस्तो देखिएको छ। उनका साथीहरू प्रायः पुरुष हुने गर्थे र उनी पुरुषकै शौचालय प्रयोग गर्ने गर्थिन् एवम् फरक शैलीमा बोल्ने गर्थिन्। कतै केही शङ्का नहोस् भनेर उनी पुरुष साथीहरूसँगै धूमपान र मदिरापान गर्ने र मोटरसाइकल चलाउने गर्थिन्। पुरुषको जस्तै केश, लुगा र व्यवहारले कृष्णा पुरुष जीवन नै व्यतित गर्ने गर्थिन्। कसैले कृष्णालाई शङ्का गरेनन्अर्का प्रहरी अधिकृतले भने। अझ उनी एउटा आत्मविश्वासपूर्ण पुरुष जसरी हिँड्ने गर्थिन्, उनले बताए।

यो पनि :

भारतमा देखा परिसक्यो, नेपालमा पनि उच्च सतर्कता अपनाउनु पर्ने,नत्र..;

भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ ।

हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् ।

पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी शुक्रबारबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उनले बताए ।

प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ । ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बर्डफ्लु नियन्त्रण समन्वय समितिको बैठक बसी उच्च सतर्कता अपनाउनका लागि काम थालेको उनले बताए ।

भारतीय क्षेत्रबाट पोल्ट्रीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको बताउँदै उनले केही दिनअघि चितवनमा ठूलो मात्रामा भारतबाट ल्याइएको कुखुराको मासु नियन्त्रण गरी नष्ट गरिएको जानकारी दिए ।

गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि महानिर्देशक निर्मलले बताए ।

केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला टेकुका प्रमुख डा डिकरदेव भट्टले बढी मात्रामा चितवनबाट नमूना आइरहेको बताउँदै हालसम्म बर्डफ्लुको समस्या नदेखिएको बताए । उनले भने, “जे जति नमूना आएका छन्, सबै एचनाइनका छन् ।” एचनाइनसँगै भाइरल, ब्याक्टेरियल र माइक्रोप्लाज्माको संक्रमण भएकाले कुखुरा मर्ने क्रम बढी भएको उनले बताए । जैविक सुरक्षा अपनाएर कुखुरा बचाउनु नै अहिलेको उत्तम उपाय रहेको उनको भनाइ छ ।

राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईले हालसम्म नेपालमा गरिएको नमूना परीक्षणमा लो प्याथोजेनिक एचनाइन भेटिएको बताए । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

चापागार्इंका अनुसार एचनाइनमा संक्रमणपछि खाना घटाउने, अण्डा उत्पादन आधा घट्ने र सात आठ प्रतिशत कुखुरा मर्ने गर्छ । कतिपय खोरमा अहिले त्योभन्दा बढी कुखुरा मरेका कारण एचनाइनको मल्टिइन्फेक्सन भएका कारण हो । बर्डफ्लु हुँदा भने तीन चार दिनमै शतप्रतिशत कुखुरा मर्ने गर्छ भने यो रोग मानिसमा पनि सर्ने सम्भावना हुन्छ ।

उनले भने, “एचनाइन सिंगल भएको भए मृत्युदर कम हुन्थ्यो, मल्टी इन्फेक्सन भएर मृत्युदर बढ्दै गएको हो ।” जिल्लाबाट संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकामा एचनाइन प्रमाणित हुँदै आएको उनले जानकारी दिए ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा एचनाइन भ्याक्सिन ल्याउन नपाएका कारण यसले ठूलो क्षति किसानले व्यहोर्नु परेको बताए । केहीले लुकीछिपी भ्याक्सिन ल्याउने गरेको भन्दै उनले सहज रुपमा भ्याक्सिन ल्याउन पाएमा यति ठूलो क्षति किसानले व्यहोर्न नपर्ने बताए । विष्टले भने, “हरेक वर्ष नेपालमा रु एक अर्ब हाराहारी एचनाइनका कारण नोक्सानी व्यहोर्नु परेको छ ।”

निजी क्षेत्रको सहभागितासमेत भएको निर्देशन समिति भएको भए पनि समितिलाई बेवास्ता गरेर विभागले काम गरेका कारण किसानले नोक्सान व्यहोर्नु परेको उनले बताए ।

नेपालमा पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् ।

यो पनि :

प्रधानमन्त्री ओली र मोदीबीच आज हुने औपचारिक वार्तामा यी एजेण्डाहरु बारे हुनेछ छलफल

प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् । पर्शुराम काफ्लेले नयाँदिल्लीबाट लेख्नुभएको यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, कार्यबाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी रहनेछन् ।

कार्यतालिकाअनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी रहनेछन् । उपराष्ट्रपति बैंकया नायडुसँगको भेटमा नौजना, गार्ड अफ अनर कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्यसहित १५ जना सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा दिने दिवाभोजमा प्रधानमन्त्रीदम्पतीसहित २६ जना सहभागी हुनेछन् ।

यी हुन् छलफलका एजेन्डा

-महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको विस्तृत प्रतिवेदन टुंग्याउन नेपालले आग्रह गर्नेछ । प्राविधिक तहमा नेपालको चासो सम्बोधन हुनुपर्नेमा नेपालको जोड हुनेछ ।

-प्रतिबन्धित हजार र पाँच सय दरका भारतीय नोट सटहीमा सहजीकरण गर्न पुनः आग्रह हुनेछ । यसबारे भारतको रिजर्भ बैंक अफ इन्डिया र नेपाल राष्ट्र बैंकको उच्च तहमा छलफल हुँदै आए पनि टुंगिएको छैन ।

-जनकपुर, नेपालगन्ज, महेन्द्रनगरबाट ‘एयर इन्ट्री’ अनुमतिका लागि नेपालले प्रयास गरिरहेकोमा थप विराटनगरबाट पनि जहाज आउन पाउनुपर्ने धारणा नेपालले राख्नेछ । यसबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निष्कर्षविहीन हुँदै आएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता देखाउँदै त्यस आसपासबाट नेपालतर्फ जहाज भित्रिने रुटको अनुमति दिएको छैन ।

-इनर्जी बैंकिङका लागि प्रस्ताव गर्ने सरकारी तयारी छ । यसका लागि उत्तरप्रदेश र बिहार सरकारसँग सहजीकरण गर्न नेपालको माग हुनेछ ।

-नेपाली उत्पादकहरूका लागि भारतीय बजारमा सहज पहुँचका लागि प्रस्ताव गरिने छ । नन ट्यारिफ ब्यारिअर हटाउन थप प्रस्ताव गर्ने तयारी छ ।

– भारतीय अनुदान तथा ऋणमा बन्न लागेका परियोजनाहरूमा सामग्री, ठेकेदारजस्ता बिषयमा भारतीय अडान नराख्न आग्रह हुनेछ ।

– युरिया मल, डीएपी, पोटासको नियमीत आपूर्तिका लागि आग्रह हुनेछ, गोरखपुरबाट ग्यास पाइपलाइन काठमाडौं लैजाने बिषयमा छलफल हुनेछ ।

– नेपाल र भारतबीच विगतमा भएको ऊर्जा व्यापार सम्झौता कार्यान्वयन सम्झौताको स्पिरिटका आधारमा गर्नुपर्ने प्रस्ताव नेपालले दोहोर्याउनेछ । भारतले ५१ प्रतिशत लगानीकर्ता उसका नागरिक रहेका परियोजनाबाट मात्रै विद्युत् खरिद गर्ने कार्यविधि निर्माण गरेकोमा यसलाई पुनर्विचारका लागि प्रस्ताव गरिनेछ । भारतको पावर एक्सचेन्ज मार्केटमा नेपालको विद्युत् सहज रूपमा बेचबिखन गर्न सकिने अवस्था सिर्जना गर्न सरकारले भारतलाई औपचारिक आग्रह गर्नेछ ।

– कोसी सम्झौताअनुसार कोसी ब्यारेजको दश किलोमिटर व्यासमा भारतले बिजुली उपलब्ध गराउनुपर्नेमा हालसम्म नगराएको विषयमा पनि सरकारले भारतको ध्यानाकर्षण गराउनेछ । गण्डकलगायत अन्य स्थानका डुबानका बिषयमा पनि ध्यानाकर्षण गराउने नेपालको तयारी छ ।

– अरुण तेस्रोको सिलान्यास हुने अवस्थामा माथिल्लो कर्णाली जलविद्यूत आयोजना शीघ्र कार्यान्वयनका लागि जीएमआरसँग सहजीकरण गर्न नेपालले आग्रह गर्नेछ ।

– दोधारा–चाँदनी सीमापार कनेक्टिभिटीमा जोड दिनेछ। त्यहाँ इन्ल्यान्ड कन्टेनर डिपोर्ट (आइसिडी) निर्माणमा जोड दिनेछ ।

– कोशी नदीमा सानो आकारको पानीजहाज सञ्चालनका लागि सहजीकरण गर्न नेपालले प्रस्ताव गर्नेछ ।

-बीरगञ्जसम्म आउने बल्क कार्गो सुनौली र जोगबनीसम्म पनि ल्याउने व्यवस्था गर्न आग्रह गर्नेछ ।

– सार्क प्रक्रिया अघि बढाउन भारतलाई आग्रह हुनेछ ।

– चीन र भारतीय लगानीका संयुक्त परियोजना निर्माणमा नेपालको जोड हुनेछ । भारतीय लगानीकर्तालाई लगानी र भौतिक सुरक्षाको प्रत्याभूति हुने विश्वास नेपालले

105total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *