देश बनाउने केपी हस्पिटलमा…को हुन् केपी जसलाई मन्त्री लालबाबु पण्डितले होस्पिटल पुगेर भेटे ?(हेर्नुहोस् भिडियो सहित)

- नेपाली सन्देश

काठमाडौं । कान्छो सामाजिक अभियान्तको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चामा आएक केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको उपचार गराईरहेका छन् ।

भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गर्दै निको भएपछि अध्ययनलाई प्राथमिकता दिँदै अभियानमा लाग्न सुझाए । साथै मन्त्री पण्डितले सजिलै केही कुरा पाउँदैन र सजिलै पाएको कुरा लामो समय नटिक्ने भएको हुँदा आफ्नै संघर्षमा उनले अझैं धेरै काम गर्न बाँकी रहेको बताए ।

युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका केपी अहिले ग्रीन सिटीमा नै उपचाररत छन् ।

‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका केपीले उपत्यकामा मात्रै १७ सयभन्दा बढी युवाको नेतृत्व गरेका छन् ।

कैलाली घर भएका केपी बिबिएस अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा देशका विभिन्न चर्चित व्यक्तिहरुले साथ दिँदै आईरहेका छन ।

हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च सम्पूर्ण अस्पताले नै व्यहोर्ने अस्पताल सञ्चालन लोक बहादुर टण्डनले बताए ।
हेर्नुहोस् भिडियो

Tue-Apr-2018, 12:38 am मा प्रकाशित, 10 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *