प्रचण्डलाई ठूलो झट्का, एमालेसँग निशर्त एकतामा नगए नारायणकाजी, जनार्दन शर्मासहितको ठूलो टोली एमालेमा जाने

  • 13
    Shares

प्रचण्डसहितकाे सिंगाे पार्टी एमालेमा विलय हाेला या नहाेला ? याे जिज्ञासा प्रचण्डकाे नीजि व्यवस्थापनसँग जाेडिएकाे राजनीतिक विश्लेषकहरूकाे टिप्पणी रहने गरेकाे छ ।

सारमा एमाले र माअाेवादी केन्द्रकाे नीति, कार्यक्रममा कुनै भिन्नता नभएपछि माअाेवादी केन्द्र एमालेमा निशर्त एकतामा जानुपर्छ भन्नेमा साे पार्टीकाे ठूलाे पंक्ति देखा परेकाे छ ।

माअाेवादी केन्द्रकाे उच्चस्राेतका अनुसार अब माअाेवादी सुप्रमाे प्रचण्डले एमालेसँगकाे एकतामा अाँलटाल गरे साेही पार्टीभित्रकाे ठूलाे पंक्ति एमालेमा जाने तयारीमा रहेकाे बुझिएकाे छ ।

कथंकदाचित प्रचण्डकाे भाग नमिलेर एकतामा बिलम्ब भए माअाेवादी केन्द्रका शिर्ष नेतासहित ठूलाे एमालेमा जाने भएकाे छ । माअाेवादी केेन्द्रमा प्रचण्डपछि दाेस्राे तहका नेताका रूपमा चिनिने नारायणकाजी श्रेष्ठ, टाेपबहादुर रायमाझी, जनार्दन शर्मा प्रभाकर, अग्नी सापकाेटालगायतकाे ठूलाे पंक्ति एमालेमा जाने भएकाे छ ।

त्यसैगरी माअाेवादी केन्द्रका युवा नेताका रूपमा परिचित लेखनाथ न्याैपाने, कृष्ण केसीलगायत नेताहरू पनि एमालेमा जान तयार भएका नेता हुन् ।

एमालेमा जान तयार यी नेताहरूकाे भनाइमा कि त माअाेवादी केन्द्र एमालेभन्दा क्रान्तिकारी हुनु पर्याे, हाेइन भने एमालेमा जानुकाे विकल्प छैन । कम्युनिस्ट नामकाे धेरै पसल थापेर उही संसदीय व्यवस्थामा व्यापार गर्नुकाे कुनै अर्थ र अाैचित्य छैन भन्नेमा न्याैपाने, केसीलगायत युवा नेताहरूकाे जर्वजस्त तर्क रहेकाे छ ।

यसरी पार्टीभित्रै अाफ्नै नेताहरूकाे दबाब र विदेशी शक्ति केन्द्रकाे अर्काे दबाबले प्रचण्ड ठूलाे अन्याेलमा परेकाे बुझिएकाे छ ।त्यही अन्याेलता र अकमर्न्यतालार्इ ताेड्न प्रचण्ड राजधानीकाे गन्जागाेल छाेडेर सिकुटे गएका थिए ।

32total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *