विराटनगरको भारतीय दूतावास कार्यालयमा शक्तिशाली बम विष्फोट

- नेपाली सन्देश

विराटनगर– विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालय नजिक बम विस्फोट भएको छ ।

विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा साँझ बम विष्फोट भएको हो ।
यो कार्यलय राख्न नेपाल सरकारको अनुमति थिएन । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ। यो दूतावास कार्यलय हटाउने विषयमा नेपाल सरकारले गरेको आग्रह भारतले अस्वीकार गर्दै आएको थियो ।

(सम्बन्धित समाचार)
पोखरा, ३ बैशाख| प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश समृद्धिका लागि लगानी बृद्धि गरिने बताउनुभएको छ ।

प्रदेश नं ४ को आज प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लगानीलाई प्रोत्साहित गरी दीर्घकालिन सोचका साथ विकास निर्माणमा सरकार अघि बढ्छ ।

मुख्यमन्त्री गुरुङले आगामी आर्थिक वर्षमा आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान, बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत परिचालन गरिने नीति लिइने बताउँदै गुनासो सम्बोधनका लागि विद्युतीय प्रणालीमा आधारित हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
पर्यटन विकास, कृषि आधुनिकीकरण र जलस्रोत उपयोगलाई अघि बढाउने बताउँदै उहाँले प्रदेशका सार्वजनिक सेवालाई सेवाग्राही र प्रविधिमैत्री बनाइनेछ भन्नुभयो ।मुख्यमन्त्री गुरुङले प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने जानकारी दिनुभयो

Tue-Apr-2018, 02:15 am मा प्रकाशित, 22 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *