आफ्नै श्रीमान् र ४ छोरालाई घाँटी रेटेर मारेको यी महिलाले बसेर हेरिरहिन्

  • 12
    Shares

एउटै परिवारका ५ जनाको सामूहिक हत्या भएको घटनामा सनसनीखेज खुलासा भएको छ । मृतककी श्रीमतीले नै आफ्ना प्रेमीसँग मिलेर आफ्ना श्रीमान् र ४ छोराहरुको हत्या गराएको खुलासा भएको छ ।

सबैलाई निद्राको औषधी दिएर प्रेमीले चक्कुले काटेर मारेको र प्रेमिकाले बसेर हेरिरहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।भारतको राजस्थान जयपुरमा एक साताअघि यस्तो नरसंहार भएको थियो । घटनापछि त्यो क्षेत्र नै आतंकित छ । मानिसहरु घरबाट बाहिर निस्कन पनि डराइरहेका छन् । हत्याअघि ती महिलाले आफ्नो परिवारका सबैलाई निद्राको औषधी दिएकी थिइन् । जतिबेला आफ्ना प्रेमीले आफ्नै श्रीमान्, तीन छोरा र भतिजालाई काटेर मारिरहेका थिए महिला चुपचाप बसेर हेरिरहेकी थिइन् ।

प्रहरीका अनुसार २ अक्टोबरको राती यहाँको शिवाजी पार्क निवासी ४५ वर्षका बनवारीलाल शर्मा, छोराहरु १७ वर्षका मोहित, १५ वर्षका ह्याप्पी, १२ वर्षका अञ्जू तथा १० वर्षका भतिजा निक्कीको हत्या भएको थियो । पाँचै जनाको घाँटी रेटेर हत्या गरिएको थियो । प्रहरीले मृतककी श्रीमती, उनका प्रेमी र भाडामा लिइएका २ जना हत्यारालाई पक्राउ गरेको छ ।

ती महिलाले प्रेमीसँग बस्नका लागि आफ्ना श्रीमान् र छोराहरुको हत्या गरेको स्वीकारेकी छिन् । ३६ वर्षकी सन्तोष शर्मा नामकी ती महिलाले आफ्ना २५ वर्षका प्रेमी हनुमान प्रसाद जाटसँग मिलेर कपिल धोबी तथा दीपक धोबी नामका दुई हत्यारालाई भाडामा लिएर हत्या गराएको प्रहरीलाई बयान दिएकी छिन् ।

96total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *