सामान्य लक्ष्य पछ्याएको मुम्बई ८७ रनमा अलआउट

- नेपाली सन्देश

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो ।

मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा उक्लेको छ । समान ८ अंकको चेन्नई सुपर किङ्स दोस्रो र १० अंकसहित किङ्स ११ पञ्जाब शीर्षस्थानमा छ । छैटौं खेलमा पाँचौ हार बेहोरेको मुम्बईको मात्र २ अंक छ । मुम्बईपछि दिल्ली डेयरडेभिल्स रहेको छ ।

हैदराबादका लागि सिद्धार्थ काउलले ३, रसिद खान र बसिल थम्पीले समान २ तथा सन्दीप शर्मा, मोहम्मद नाबी र सकिब अल हसनले समान १ विकेट लिएपछि मुम्बईले १ सय पनि कटाउन सकेन । मुम्बईका सूर्यकुमार यादवले ३४ र कुर्नाल पाण्डेयले २४ रन जोडेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा कमजोर प्रदर्शन गरेको हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । टोलीका कप्तान काने विलियम्सन र युसुफ पठानले समान २९ रन बनाएका थिए । २१ बलमा विलिम्यसनले ५ चौका र युसुफले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

मनीष पाण्डेले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका मिचेल म्याक्लेघान, हार्दिक पाण्डेय, मंयकं मर्कान्डेले समान २ तथा जसप्रित ब्रुमराह र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए ।

आइपिएलमा बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । अंकतालिकाको दोस्रो स्थानमा रहेको चेन्नईको ८ अंक छ । टोलीले ५ खेलमा ४ खेलमा जित र १ मा हार बेहोरेको छ । त्यत्ति नै खेलमा २ जित र ३ हारका साथ बैंगलोरको ४ अंक छ ।source:news18nepal.com

Wed-Apr-2018, 07:42 am मा प्रकाशित, 11 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *