नाइजेरियामा भएको नरसंहारमा ३९ क्रिश्चियन मारिए, मुस्लिमको आक्रामक भीडले १६० घर जलाईदियो

  • 9
    Shares

केही दिनको समयमा नाईजेरियामा फेरि ठूलो सख्यममा क्रिश्चियनहरु मारिएका छन । रिपोर्ट अनुुसार करिव एक हप्ताको समयमा मुस्लिमको फुलनाई हेरालाहरुले बेनुइ प्रान्तको गाउँमा आक्रमण गर्दा कम्तिमा पनि ३९ जना क्रिश्चियनहरु मारिएका छन ।

मर्निङ्ग .स्टार न्युजको  (Morning Star News ) अनुसार बेनुइ राज्यभरि क्रिश्चियन समुदायहरुमाथि निशाना साधेँका छन । गत मंगलबारबारको दिन ज्यादातर क्रिश्चियन घरहरु रहेको गाउँ से-उमेङ्ग, बाकपसे, र से-अलि गाउँहरुमा १६० घरहरु जलाईएको छ ।

बाकपसे गाउँका एक एलिस एसवसे नाम गरेका एक व्यक्तिले बताए अनुसार आक्रमणकारीहरुले आर्मीको कपडा लगाएका र एके ४७ राईफल भिरेका थिए । उनको गाउँमा ६० घर जलेका छन भने तीन जना मारिएका छन ।

यसै गरि से-अलि गाउामा ७० भन्दा बढी घरहरु जलाईएका छन भने २१ ज्ना बिश्वासी मारिएका छन ।

यसै गरि से उमेङ्ग गाउँमा अतिबादीहरुले ५० घर जलाईदिएका छन भने १५ जना मारिएका छन । मंगलबार बेलुका ११ बजेबाट सुरु भएको आक्रामण बुधबार बिहान सम्म जारि थियो ।

यसै गरि बुधबार अरु गाउँहरुमा पनि आक्रमण भएको छ । यसबाट कैयौ जना चर्च परिसरमा आएर शरण लिईरहेका छन ।

नाईजेरियाका राष्ट्पति मोहम्मद बुहारीले मगंलबार क्रिश्चियन समुदायमाथि भएको आक्रमणलाई ‘भयानक’ भनी टिप्पणी गरेका छन । बुहारीले क्रिश्चियनहरुमाथि आक्रमण रोक्न आग्रह गरेपनि उनले लगातारको आक्रमण सामना गरिरहेका छन ।

क्रिश्चियन संगठनले भने यस दुष्ट काम गर्ने प्रेरणा संविधानबाटै पाएकोले यसको बिरोध गर्दै यसलाई रोक्न माग गरेका छन । फुलनी बाहेक बोको हराम नाईजेरियाको  प्रमुख आतकंकारी समुह हो ।

30total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *