सांसद रामकुमारी झाँक्रीका छोराले ‘ब्ल्याक आउट’ गरेपछि

  • 6
    Shares

राजधानीको शंखमुलस्थित एमाले सांसद रामकुमारी झाँक्री बस्ने घरमा शुक्रबार साँझ ८ बजे बत्ती निभ्यो। बत्ती ठूला मान्छेले निभाएका थिएनन्।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको मौकामा नाकाबन्दीको विरोधमा सामाजिक सञ्जालमार्फत आह्वान भएको ‘ब्ल्याकआउट’को समर्थनमा झाँक्रीका छोरा आरभले बत्तीको स्वीच अफ गरिदिए।

‘मेरो ६ वर्षको छोराले बत्ती निभाएको हो’, झाँक्रीले सेतोपाटीसँग भनिन्, ‘अहिले त सरकारले नै समर्थनमा निभाए जस्तो भएको छ। यहाँ भर्खरै बत्ती निभ्यो।‘

झाँक्रीले आफ्ना टोलबासीले भने बत्ती निभाएको बताइन्।

‘नाकाबन्दी भुलेका त कहाँ छौं र’, झाँक्रीले भनिन्, ‘मेरो घरमा भने छोराले बत्ति निभाएको हो।’

उनले आफ्नो छोराले टेलिभिजनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले उस्तै कपडा लगाएकोमा समेत प्रश्न गरेको बताइन्।

छोराले मोदीलाई फोटोमा देखेर चिनेको उनले उल्लेख गरिन्। ‘प्रधानमन्त्री ओली भारत गएका बेला पनि किन गएको भनेर सोध्याथ्यो ’, झाँक्रीले भनिन्।

आरभले प्रधानमन्त्री ओलीसँगको भेटमा मोदीले नाकाबन्दीका लागि सरी भने नभनेको सोध्ने चाहाना राखेको समेत झाँक्रीले बताइन्।

‘ममी, मोदीले सरी भने त भनेर सोध्छ।मैले एकदिन प्रधानमन्त्रीलाई भेटाइदिउँला भनेको छु’, झाँक्रीले भनिन्।

सामाजिक सञ्जालमा साँझ ८ बजेबाट १० मिनेट बत्ति निभाउन आव्हान भएको थियो। ‘ब्ल्याक आउट’ चलिरहँदा द्वारिकाज होटलमा भारत र नेपालका प्रतिनिधि मण्डलस्तरको छलफल’ चलिरहेको छ। source:setopati

32total visits,1visits today

Leave a Reply

Your email address will not be published. Required fields are marked *