गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत आत्माले शान्ति पाओस साथै घाइते हरुको स्वास्थ्य को कामना

- नेपाली सन्देश

मलेखु, धादिङ । कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबँेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना

घाइते भएका छन् । मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर

तलको भिडियो हेर्नुहोस

केसीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

Thu-May-2018, 03:17 pm मा प्रकाशित, 25 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *