राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

- नेपाली सन्देश

जेठ ७   राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो । आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो

Mon-May-2018, 09:23 am मा प्रकाशित, 44 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *