राजधानीमै भेटियो बर्डफ्लु संक्रमण देखिएपछि संत्रास फैलिएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

- नेपाली सन्देश

काठमाडौं । राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारका अनुसार राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका कुखुरामा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ । बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ । राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

Sat-May-2018, 03:13 am मा प्रकाशित, 50 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *