भेट्न मात्र गएकी तर यौनसम्बन्ध नै भयो…एकचोटी सबैले पढ्नुहोला

- नेपाली सन्देश

बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया-प्रीति बस्यो। उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे।

जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन। माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमान्लाई पत्र लेखें र यथार्थ कुरा बताएँ।

अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु।केही समययता मेरा श्रीमान् काठमाडौंमै व्यापार गरेर बसेका छन्।

बेला-बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख-सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्।

एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें।

नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं?

Fri-Jun-2018, 01:47 am मा प्रकाशित, 197 जनाले हेर्नुभयो

Leave a Reply