प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ गते भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनकारी  योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन

- नेपाली सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ गते भित्र सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनकारी  योजना बनाउन सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारमा मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि आवश्यक कार्ययोजना असार १५ गते भित्र बनाईसक्न निर्देशन दिएका हुन्।

उनले बजेट कार्यान्वयनका कार्यतालिका, त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, कानुन निर्माण, कार्यान्वयनका लागि जवाफदेही निकाय र अनुगमनको सूचक स्पष्ट उल्लेख हुनेगरी बजेट कार्यान्वयनको कार्ययोजना तय गर्न पनि सबै मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गए।

प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समयसीमासहितको कार्ययोजना असार १५ गते भित्र बनाई सक्न निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराए। अर्थमन्त्री खतिवडाले मन्त्रालयले बनाएको बजेट कार्यान्वयनसम्बन्धि कार्य योजनामा व्यापक छलफल गरेर अघि बढन पनि प्रधानमन्त्री ओलीले सचेत गराएको बताए।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने पनि बताए। उनले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए

प्रधानमन्त्री ओलीले जनतालाई समक्ष बनाउने गतिविधिमा केन्द्रित हुन पनि सबै मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए।

Fri-Jun-2018, 11:04 am मा प्रकाशित, 42 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *