४० लाख ९८ हजार ब्लडमनी तिरेर फर्किए थानेश्वर आखिर किन पुरा पड्नुहोस

- नेपाली सन्देश
भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो ।
भुसाल ब्लडमनी तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा थिए । २७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे । ५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो’, थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्काे गाडीलाई ठक्कर दिन पुग्यो । त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’
जेद्दा प्रान्तमा अपराध हेर्ने न्यायालयका न्यायाधीश अब्दुलरहिम विन इब्राहिम अन्मुतेहेफले भुसाल र साहिब शतप्रतिशत दोषी रहेको फैसला गरिदिए । र, अलजदानीको परिवारलाई ३ लाख रियाल ब्लडमनी बुझाउन आदेश दिए । आदेशअनुसारको रकम दुई चालकका परिवारले आधाआधा जम्मा गर्नुपर्ने भयो । भुसाल परिवार त्यत्रो रकम बुझाउन सक्ने हैसियतमा थिएन । जेद्दास्थित नेपाली कन्सुलेटले ब्लडमनी मिनाहा गर्न आग्रह गरे पनि अलजदानी परिवारले मानेन । निजी कानुनमा परिवारलाई निर्णय गर्न छुट छ । तर, परिवारले अस्वीकार गरेपछि ब्लडमनी नबुझाएसम्म जेलमुक्त गर्न सकिन्न ।
भुसालले सबैको साथबाट आफू स्वदेश फर्कन सम्भव भएको बताए । उनका ६५ वर्षीया आमा यमकुमारीले छोरा फर्काउन सहयोग गर्नेहरूलाई धन्यवाद दिएकी छन् । ‘हामीलाई सहयोग गर्नेलाई कुन शब्दले धन्यवाद दिऊँ’, उनले भनिन्, ‘हामीसँग धन्यवाद दिने शब्द नै छैन ।’
Sat-Jun-2018, 05:40 pm मा प्रकाशित, 209 जनाले हेर्नुभयो

Leave a Reply