गुण्डा नाइके आङकाजीसहित चार जनाको लाइसेन्सधारी हतियार जफत

- नेपाली सन्देश

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले लाइसेन्स प्राप्त केही हतियारहरु जफत गरेको छ । महाशाखाले गुण्डा नाइके आङकाजी शेर्पासहित चार जनाको हतियार जफत गरेको हो ।

शेर्पासहित विरेन्द्रलाल श्रेष्ठ, बले भन्ने बलराम सापकोटा र मेनपावर व्यवसायी रघुनाथ पुरीले राखेका लाइसेन्स प्राप्त हतियार जफत गरेको महानगरीय प्हरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरुले राखेको हरितयारका कारण समाजमा खतरा रहेको भन्दै लाइसेन्स रद्द गर्दै हतियार जफत गरिएको प्रमुख सिंहले रातोपाटीलाई बताए ।

Wed-Jun-2018, 02:21 am मा प्रकाशित, 19 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *