सवा करोड ठगेर पेटी ठेकेदार बेपत्ता

- नेपाली सन्देश

पर्वत – गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलासा भएको छ ।

मुडिकुवा झकलाल सडकको ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई एक करोड २६ लाख २ हजार ९ सय ८७ रुपैयाँ तिर्न बाँकी रहेको फेला परेको हो ।

आगामी असार २० मा सम्झौता मिति सकिने उक्त सडकमा अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ ।

कालोपत्रे गर्न लाग्एिको सडक ओएसिस इन्जिनियरिङ एण्ड बिल्डर्स कम्पनीका सञ्चालक अच्युतराज पाण्डेले ठेक्का लिएका थिए ।

उनले रसुवास्थित डाँडागाउँका मंगले तामाङलाई पेटी ठेक्का दिएका थिए । आजको कान्तिपुरमा खबर छ ।

Sun-Jun-2018, 02:22 am मा प्रकाशित, 19 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *