आगो लगाउने अखिल क्रान्तिकारीका चितवन अध्यक्ष पक्राउ

- नेपाली सन्देश

चितवन, ५ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) निकटको अखिल क्रान्तिकारीका चितवन जिल्लाका अध्यक्ष रमेश लामछिाने पक्राउ परेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष लामिछानेलाई प्रहरीले चितवनको टाँडीबाट मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।अध्यक्ष लामिछानेलाई स्काभेटरमा आगो लगाएर नष्ट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

केही दिन अगाडि अखिल क्रान्तिकारीका अध्यक्ष लामिछानेसहितको समूहले शक्तिखोरमा स्काभेटरमा आगो लगाएको थियो ।

र यो पनि पढ्नुसः

काँग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा

हेटौँडा, ५ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ ।

सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौँडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराउनु भएको थियो

दुई राप्रपाबीच आज वार्ता हुँदै, पार्टी एकीकरणमा सम्वाद हुने

काठमाडौं, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच पार्टी एकीकरणको पहल शुरु भएको छ ।

पार्टी एकीकरणका बारेमा दुई राप्रपाबीच मंगलबार वार्ता हुँदैछ । वार्ता बिहान एघार बजेपछि काठमाडौंमा हुनेछ ।

पार्टी एकीकरणका लागि कार्यदल समेत बनि सकेको छ । राप्रपा (प्रजातान्त्रिक)को कार्यदलको संयोजक दीपक बोहोरा हुन् । राप्रपाले वुद्धिमान तामाङलाई वार्ता टोलीको संयोजक बनाएको छ ।

राप्रपा (प्रजातान्त्रिक)को कार्यदलको सदस्यहरूमा बिक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मा रहेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपाबाट वार्ता टोलीको सदस्यमा टंक ढकाल र राजेन्द्र लिङदेन रहेका छन् ।

Thu-Jun-2018, 09:55 am मा प्रकाशित, 40 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *