दुई तस्वीरमा हेर्नुहोस् आयुव सेनको ‘मेरी मामु’ लुक्स

- नेपाली सन्देश

काठमाडौं । सन्तोष सेनको आगामी फिल्म ‘मेरी मामु’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माता सेनले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्मको दुई वटा फस्टलुक सार्वजनिक गरेका हुन् ।

फिल्मको सार्वजनिक दुई पोष्टरमा आयुव सेनलाई देखाइएको छ । एक वटा पोष्टरमा आयुवलाई स्कुल ड्रेसमा प्रस्तुत गरिएको छ, भने उनले किताबको चाङ्लाई उठाईरहेका छन् । त्यस्तै सार्वजनिक अर्को पोष्टरमा आयुव कालो पहिरनमा उभिरहेका छन् । बाल मनोविज्ञानमा बनिरहरेको यो फिल्मका मुख्य कलाकार ६ वर्षिय आयुव सेन रहेका छन् । आयुव सेन निर्माता सेनका आफ्नै छोरो हुन् ।

 

निर्माता सेनका अनुसार ‘मेरी मामु’को हालसम्म ७० प्रतिशत छायाङ्कन सकिएको छ । साथै उनले जानकारी गराए अनुसार यसै महिनाको अन्त्यसम्ममा सम्पूर्ण छायाङ्कन सकिनेछ । यो फिल्मको छायाङ्कनसँगै सम्पादन, स्वाराङ्कन, पाश्र्व संगीत लगाएतको पोष्ट प्रोडक्शनको काम पनि भईरहेको निर्माता सेनले जानकारी गराएका छन् ।

आसुसेन फिल्मसको ब्यानरमा बन्दै गरेको यो फिल्म आगामी भदौ १५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । आमा छोराबीचको सम्बन्धलाई पर्दामा प्रस्तुत गर्ने ‘मेरी मामु’ मा आयुव सेन, ‘प्रेमगीत २’फेम अभिनेत्री आश्लेसा ठकुरी, शारुक ताम्राकार, नव अभिनेत्री कुसुम गुरुङ, दुर्गा मल्ल लगाएतको मुख्य भुमिका रहेनेछ । यो फिल्मको कथा यम थापाको रहेको छ, भने फिल्मको एक्श्न कट पनि थापा आफैले गरिरहेका छन् ।

Sat-Jul-2018, 03:05 am मा प्रकाशित, 194 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *