गाउँपालिकाका इञ्जिनियर एकलाख घुससहित पक्राउ

- नेपाली सन्देश

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको भन्दै बाँकेमा एकजना इञ्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

डुडुवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बाँकेका इञ्जिनियर तेजराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले शुक्रबार राति नेपालगञ्जको विपी चौकस्थित दङ्गाली केसी होटलबाट  एक लाख रुपैयाँ  घुससहित नियन्त्रणमा लिएको हो ।

खड्काले डुडुवा गाउँपालिका वडा नम्बर –६, हिरमनियामा माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवंम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटीएको टोलीले  खड्कालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा खड्कालाई  रंगेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका कार्यालय कोहलपुरका अधिकृत निराजन शर्माले जानकारी दिनुभयो ।

बाँकेमा एक हप्तामा अख्तियारको टोलीले इञ्जिनियरलाई पक्राउ गरेको यो दोश्रो घटना हो । यसअघि गएको असार १५ गते बैजनाथ गाउँपालिकाकाका इञ्जिनियर मजिद खाँलाई  पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस रकम लिएकोे अवस्थामा अख्तियारले पक्राउ गरेको थियो ।

Sat-Jul-2018, 04:03 am मा प्रकाशित, 90 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *