डल्लु आवास क्षेत्रबाट ३१ लाखको सामान चोरेर भाग्ने २ जना पक्राउ

- नेपाली सन्देश

काठमाडौं–काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा कोहि नभएको मौकामा ढोका फोडेर करिब ३१ लाख ३३ हजार मूल्य बराबरका धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण पोदार र सुरज पोदारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नेपालमा चोरी गर्नका लागि बिहारबाट समुह नै बनाएर ल्याएका पोदार द्वयले उपत्यकाका विभिन्न स्थानमा कवाडका सामान संकलन गर्ने बहाना बनाएर कोही नभएको मौकामा घरको झ्याल – ढोका फोडेर चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत शुक्रवार डल्लु स्थित सोनी श्रेष्ठको घरमा कोही नभएको मौकामा ताला फोडेर उनिहरुले नगद तथा सुनका गहना समेत गरि अन्दाजी ३१ लख ३३ हजार बराबरको धनमाल चोरी गरेको अपराध महाशाखाले जनाएको छ । शनिवार पक्राउ परेका करण र सुरजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट ७२ हजार नेपाली रुपैयाँ, चोरी गर्दा प्रयोग हुने फलामको रड, हिराको औंठी, ६ तोला सुनका गहना, सोनी श्रेष्ठको स्थायी लेखा नम्बर कार्ड लगायतका अन्य गरगहना र केही परिमाणमा लागु औषध समेत बरामद गरेको छ ।

Sun-Jul-2018, 12:26 pm मा प्रकाशित, 42 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *