पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भासिएको महुली पुल भत्कियो

- नेपाली सन्देश

राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पर्ने महुली पुल शनिबार साँझ भत्किएको छ।

कृष्णसवरन गाउँपालिका ५ र ६ मा पर्ने पुलको मध्यभागको करिब एक सय ५० मिटर भाग भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ब्यस्त सडकमा सवारी साधन चलिरहेकै बेला साँझ एकाएक पुल भत्किएर खोलामा झरेको हो। पुलको अवस्था जीर्ण हुँदा हुँदै अत्यधिक भार बोकेको मालवाहक सवारी साधन सञ्चालन भएपछि पुल भत्किएको स्थानीय बोधराज सुवेदीले बताए।

गत बिहीबार सडकको बीचमा पूर्व–पश्चिम चिरा परेर उत्तरतर्फको भाग भासिएको थियो। पुलको सपोर्टका लागि बाँध बनाउन र मर्मत सम्भार गर्न सडक विभागका इन्जिनियरलाई आग्रह गरेपनि वेवास्था गर्दै आएका थिए। एसपी एसपी मुकेशकुमार सिंहका अनुसार इन्जिनियरकै वेवास्थाका कारण पुल भत्किएको हो।

‘पुलको उत्तरखण्डको एक भाग पुरै भत्किएको छ’ एसपी सिंहले भने बाँकी दक्षिणतर्फको भाग पनि कमजोर बनेकाले चाँडै भत्किने सम्भावना छ।’ तत्कालै वैकल्पिक खोज्नुपर्ने उनको भनाइ छ।

Sun-Jul-2018, 12:41 pm मा प्रकाशित, 100 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *