गंगामायाका छोराका हत्या आरोपी छविलाल पौडेल पक्राउ

- नेपाली सन्देश

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागारमा राखिएको छ।

यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो।

अधिकारीका परिवारले पुनरावेदनको फैसलाविरूद्ध सर्वोच्चमा रिट हालेका थिए।

२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेलमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयन गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा अनसन बसिरहेकी छन्।

यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो।
-satya khabar

Sun-Jul-2018, 01:32 pm मा प्रकाशित, 116 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *