नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी विद्युत बन्द ४ वटा ब्रेकर जलेर नष्ट

- नेपाली सन्देश

२६ असार, काठमाडौं । नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ ।

आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । ‘मुसा भित्र छिरेर विद्युत सर्ट भएको अनुमान गरिएको छ’ उनले भने ।

 

३४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट हाल ३० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । आगलागीबाट आर्थिक रुपमा ठूलो क्षति भए पनि प्राविधिक मुल्यांकनपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने विद्युत आयोजनाले जनाएको छ ।

विद्युत केन्द्रमा लागेको आगो करिब ४५ मिनेटपछि निभाइएको थियो । ‘पहिले मेसिन बिग्रन्छ भनेर ग्यासबाट मात्र आगो निभाउने प्रयास भयो तर सफल नभपछि पछिमात्रै पानी प्रयोग गरियो, त्यसैले केही बढी समय लाग्यो’ एसपी कुँवरले भने ।

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएपछि अहिले नुवाकोट जिल्लाभरको विद्युत अवरुद्ध भएको छ । अन्य जलविद्युत केन्द्रबाट विजुली ल्याएर विद्युत सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए ।

Tue-Jul-2018, 12:53 pm मा प्रकाशित, 118 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *