रुकुममा बस दुर्घटना हुँदा एकको मृत्यु, १० जनाभन्दा बढी घाइते

- नेपाली सन्देश

रूकुम पश्चिम । रूकुम(पश्चिम) मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी गरिइएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसीकोट नगरपालिका १ सल्लेको मुलखोलामा तल खस्दा दुर्घटना भएको हो ।

सल्लेमा रहेको बसपार्कबाट मुलखोला धुन आउँदै गरेको बस दुर्घटना भएको प्रहरीको भनाई छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Fri-Jul-2018, 12:34 pm मा प्रकाशित, 149 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *