आक्रामक बन्दै गोविन्द केसी समर्थक, सरकारमाथि चुनौती बढ्यो

- नेपाली सन्देश

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

केसी समर्थकले आक्रामक रुपमा प्रदर्शन गरेसँगै सरकारमाथि सुरक्षा चुनौती थपिएको छ ।

शनिवार केसीकै समर्थनमा राजधानीको नयाँ बानेश्वरमा नेपाली कांग्रेको भातृसंगठन तरुण दलले प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेसँगै भएको झडपका क्रममा नेपाल प्रहरीका डिएसपी दान बहादुर मल्ल र इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् ।

तरुण दलका कार्यकर्ताहरु समेत ३ दर्जनको संख्यामा घाइते भएको बताइएको छ ।

शनिवारको प्रदर्शनमा सरकारलाई थप चुनौती दिनेगरी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीसहित पूर्वप्रम तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र अधिकारवादीहरु पनि  सडकमा प्रधानन्यायाधीश हुँदा महाभियोगको सामना गरेकी कार्कीले डा. केसीले जनताको आवाज बोलेको उल्लेख गर्दै उनको माग पुरा नभए देशमा आगो बल्ने चेतावनी दिएकी छिन् ।

‘डा. केसी कसैका कार्यकर्ता होइनन्, उनका माग पुरा गरौं’, कार्कीले भनिन्, ‘डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ ।’

सुशीला कार्कीको आक्रामक सम्बोधन : डा. केसीको माग पूरा नभए देशमा आगो बल्छ  (पूर्णपाठ)

कार्कीले सरकारलाई देशमा ‘आगो बाल्ने’ चेतावनी दिनुले ‘अब डा. केसीको अनसन जति लम्बिँदै जान्छ, उनका समर्थहरुमा आक्रोशको ग्राफ उत्तिनै बढ्दै जानेछ’ भन्ने संकेत दिन्छ ।

केसीले आमरण अनसन थालेको शनिबार २२ दिन पुगिसकेको छ ।

डा. केसीको समर्थनमा सुशीला कार्की, खगेन्द्र संग्रौला, डा. बावुराम भट्टराई र रविन्द्र मिश्र मात्रै छैनन् प्रतिपक्षी दल नेपाली कांग्रेसले सँगसँगै देखिएको छ ।

दिनहुँजसो माइतीघरमा केसी पक्षधरले प्रदर्शन गर्दै आएको भएपनि शनिबारको प्रदर्शन पृथक रह्यो ।

शनिवार बानेश्वरमा जसरी नेपाल प्रहरीका डिएसपी सहित १४ प्रहरी घाईते हुनेगरी झडप भयो यस्ता झडप भोलिको दिनमा बढ्न सक्छ ।

मेडिकल क्षेत्रका विद्यार्थी र नागरिक अगुवाहरु मात्रै नभएर राजनीतिक दलका भातृसंगठन समेत सम्मिलित आन्दोनलमा घुसपैठ नहोला भन्न सकिन्न ।

त्यस्तोमा कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।

३ मन्त्रीका गाडी तोडफोड 

शनिवार डा. केसीको पक्षमा प्रदर्शन गर्न बानेश्वर पुगेका प्रदर्शनकारीहरुले विभिन्न प्रदेशका तीन जना मन्त्रीले इन्द्रेणी फुडल्याण्डको पार्किङमा राखेको गाडी तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री  नवल किशाोर शाहको बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड  गरेका हुन् ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री  नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

बानेश्वर झडपपछि प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, देउवाले दिए यस्तो चेतावनी

सातवटै प्रदेशका  सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर  इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

तरुण दलका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।

बानेश्वरमा प्रहरी र आन्दोलनकारी केहीबेर लुकामारी चल्दै गर्दा प्रहरीले चार्ज गरेको लाठीका कारण नेपाल तरुण दलका ३ दर्जन कार्यकर्ता घाईते भएको बताईएको छ ।

बानेश्वर झडपबारे प्रहरीले मुख खोल्यो, प्रर्दशनमा प्रहरी दमन भएको छैन्

माग पूरा नभएसम्म  अनसन नतोड्ने केसीको अडान

२२ दिनदेखि अनसनरत डा केसीले आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने अडान लिएका छन् ।

२० दिनसम्म जुम्लामा अनसन बसेका उनलाई सरकारले बिहिबारमात्रै स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौं ल्याएको थियो ।

तर, यहाँ आएर पनि उनले  त्रिवि शिक्षण अस्पतालमा अनसनलाई जारी राखेका हुन् ।

यसो त जुम्लामा सरकारले गरेको  व्यवहारको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।

जुम्लामा सरकारले अस्पतालभित्रै हस्तक्षेप गरेकोमा केसीको आक्रोश छ ।

केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्न आनाकानी गरिरहेको बताइएको छ  ।

बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि लाठीचार्ज गरेको थियो ।  source:ratopati

Sun-Jul-2018, 02:54 am मा प्रकाशित, 62 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *