मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै

- नेपाली सन्देश

६ भदौ, काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् ।

३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेकाे छ ।

 

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।  इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।

बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै अाइरहेकाे भए पनि यस वर्षबाट कटौती भएको छ । यद्यपि, प्रदेश १, २ र ५ ले भने प्रदेशस्तरीय निर्णय गरेर अाज छुट्टी दिएका छन् ।

Wed-Aug-2018, 03:12 am मा प्रकाशित, 78 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *