बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ

- नेपाली सन्देश

काठमाडौं– बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

गत साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिका– ७ स्थित महानगरका मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात समूहले राखेको बम विष्फोट भएको थियो ।

मेयरको कार्यकक्ष बाहिर प्यासेजमा बम विष्फोट गराउने कार्यमा संलग्न सिराहाका अभिमनु गिरी, मोरङका मनोज कुमार सिंह र सिराहाका राम रिझन यादवलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी)  समुहमा आवद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेकाहरुले भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी) को योजना अनुसार विष्फोट गराएको प्रारम्भिक बयान दिएका छन् ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ प्रहरी कार्यालयको सहयोगमा पक्राउ परेकाहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sun-Sep-2018, 10:55 am मा प्रकाशित, 128 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *