केहि नभएको बालकलाई गण्डकी अस्पतालको लापरबाही जण्डीस भएको रिपोर्ट

- नेपाली सन्देश

गत भदौ १५ गते शुक्रबार पोखरा १२ ढिकालेथरका ९ वर्षीय अमित पौडेललको टाउको दुखेपछि उनकी आमा नन्दमाया पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन त्यहा उपचारको क्रममा उनको ल्याब परिक्षणका क्रममा जन्डिस देखिएको चिकित्सकले बताए ।

अमितलाई लिएर गएका उनका मामा विश्व सुवेदीलाई अस्पतालको रिपोर्टमा शंका लाग्यो । उनले भने– “भाञ्जालाई सामान्य टाउको दुख्यो भनेर हामीले अस्पताल लगेका थियौँ, तर अस्पतालले दिएको रीपोर्ट देख्दा हामी झस्कीयौँ ।” सुवेदीले अगाडी भने – “गण्डकी अस्पतालमा जण्डिस चेक गराउदा ५.४ देखाएको थियो ।”

यसैबीच पोखराको न्यूरोडमा रहेको पद्मनर्सिङ होममा चेक गराउदा ०.९ देखिएको छ । जबकी ०.२ देखि १.४ सम्मको अवस्थालाई जण्डिसको सामान्य अवस्था मान्न सकिन्छ ।  यसैबीच भदौ १७ गते पोखराको युआरएलमा जण्डीस जाँच गर्दा ०.५६ देखिएको छ ।

पछिल्लो समय गण्डकी अस्पतालमा उपचार गराउने क्रममा धेरैको ज्यान गएको र विभिन्न घटना घटीरहेको र आफ्नो भाञ्जा हेर्दा सामान्य देखिएको तर रिपोर्टमा जण्डिस धेरै देखिएकाले आफुहरुलाई विश्वास नलागेको उहाँले बताउनुभयो ।

अमितका मामा बिश्वले भने – “गण्डकी अस्पतालको विश्वास गरेर भाञ्जालाई औषधि सेवन गर्न लगाएको भए अर्को रोग लाग्न सक्थ्यो वा अप्रिय घटना घट्न सक्थ्यो होला ।”

यसैबीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ल्याब प्रमुख डाक्टर लक्ष्मण बास्तोलाले ल्याबको रिपोर्टमा बेलाबेलामा गल्तिहरु आउने गरेको स्विकार गर्नुभयो । उहाँले भन्नुभयो – “ल्याब रिपोर्टमा बेलाबेलामा विभिन्न कारणले गल्ति नआउला भन्न सकिदैन । कहिले प्राविधिक कारण कहिले स्टाफहरुकै कारण पनि गल्तिहरु हुन्छन् ।”

बास्तोलाका अनुसार ल्याब रिपोर्ट र बिरामीलाई हेरेपछि मात्र गल्ति भएको वा नभएको पुष्ठि हुने बताउनुभयो । उहाँले तीन रिपोर्ट मध्ये अन्य २ ठाउँको रिपोर्ट गलत भएर आफ्नो अस्पतालको रिपोर्ट सहि पनि हुन सक्ने तर्क गर्नुभयो । source:samacharpati.com

Mon-Sep-2018, 12:39 am मा प्रकाशित, 106 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *