पर्वत स्टार बनिन् बिबिषा

- नेपाली सन्देश

काठमाडौं । बिबिषा पाण्डेले ‘पर्वत स्टार २०७५’ को उपाधि जितेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी (हाल स्याङ्जा वालिङ) बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् । सोनी फिल्मस् प्रालिको आयोजनमा भएको पर्वत स्टार २०७५ खुल्ला नृत्य प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृति चपागाईले चुुम्न सफल भइन् भने तेस्रो स्थान विहादी गाउँपालिका रानीपानीकी सृष्टि सुनवार र सान्त्वना पुरस्कार स्याङजा ग्लायाङकी लोचन आलेले हात पारिन । कार्यक्रममा त्यस्तै टपटेनका अन्य बिजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मस्बाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ । १८ जिल्लाबाट १ सय ५० जनाले सहभागिता जनाएको उक्त प्रतियोगिताको निर्णयकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शंकर रहेका थिए । मनोरञ्जनात्मक कार्यक्रमसहित समापन भएको कार्यक्रमको प्रमुख अतिथिमा पर्वतका सभासद पदम गिरी, विशेष अतिथिमा पर्वतकै पूर्वसभासद अर्जुन जोशी, उत्तम केसी, लय संग्रौला, ऋषिकेश तिवारी, राजेन्द्र तिवारी, सुन्दर भुसाल थिए भने अतिथिमा सिता विके सुनुवार, विक्रम लोहनी, चोकबहादुर सुनार, तिलकबहादुर कुँवर, प्रकाश पाण्डे, रमेश सुनुवार, दीपेन्द्र लोहनी, केशवराज चापागाईंलगायतका रहेका थिए । गाउँगाउँमा रहेका प्रतिभाको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक प्रेम सोनी सुनारले बताए । नारायण विश्वकर्मा र सन्तोषी सुनारले सञ्चालन गरेको कार्यक्रममा विभिन्न नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।

Sat-Sep-2018, 02:54 pm मा प्रकाशित, 79 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *