अाजकाे तपार्इकाे राशीफलले के भन्दै छ २०७५ साल असोज ९ गते मंगलबार

- नेपाली सन्देश

मेषः– समय परिस्थिति तपाईको विपरित देखिन्छ । दुर्वुद्धिको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभाव,परबन्धनको सम्भावना देखिन्छ । न्याय पाईने छैन । इच्छा आकाँक्षा मर्ने छन् । घर परिवारका समस्या सँग खेल्नु पर्नेछ ।

वृषः– पारिवारिक सुखमा वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । राजनैतिक व्यक्तित्व सँगको भेटले उर्जा थपिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । समयको सदुपयोग गर्नु होला ।

मिथुनः– विगतका समस्या समाधान भएर जानेछन् । सरल तरिकाले काम बन्ने छन् । तपाई प्रति आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ला । चेली वेटीबाट सहयोग पाईनेछ । आर्थिक पक्ष भने दूर्वल रहला । मान सम्मान मिल्न सक्छ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव भने कम पर्नेछ ।

कर्कटः– मानसिक तनाव घट्नेछ । उत्तेजनामा आएर कुनै काम नगर्नु होला । जीवन सगिनी र सन्तानबाट सुख मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । कुनै पनि विषयमा निर्णय लिदा एकपटक सोचेर लिदा राम्रो हुनेछ ।

सिंहः– सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । विश्वास घट्नेछ ।

कन्याः– रमाईलो दिन हुनेछ । वैदेशिक कारोवारमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिकाको खोजी हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

तुलाः–योजना बनाएर अगाडि बढ्नुहोला । राजनैतिक व्यक्तिको विश्वास परेर काम नगर्नु होला वीचमा डुब्न सकिन्छ । सवै आफ्ना र सहयोगी हुने छैननमन पेट
नदिनु होला । संघर्ष नगरि कुनै काम सम्पन्न हुने छैनन । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । लक्ष्य प्राप्तिको लागि लामो बाटो हिड्नु छ धैर्यता नतोड्नु होला ।

वृश्चिकः–आत्मबल कमजोर नगरि काम गर्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् ।पढाईको विषयलाई लिएर मन चिन्तित हुनसक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।
धनुः– पारिवारिक सुख शान्तिमा वृद्धि हुनेछ । साथी भाईबाट व्यवहारिक होइन मुखको मात्र सहयोग पाईनेछ । धन सम्पतिको विषयलाई लिएर मन चिन्तित हुनेछ । राजनैतिक व्यक्तित्वको सहयोग लिएर काम गर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । अल्छिपन त्याग्नु होला ।

मकरः– शरीरमा भएका विकार फाल्नुहोला र स्वच्छ मनले कार्य क्षेत्रमा प्रवेश गर्नु होला दिन उत्तम रहेकोछ । विगतमा गर्न नसकेका काम पनि गर्न सकिनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ सुनमा सुगन्ध हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामका वीचमा विचार परिवर्तन नगर्नु होला ।

कुम्भः– राजनैतिक हतियार प्रयोग गरेर दुख दिन सक्छन् सचेत भएर काम गर्नुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ । इच्छा आकाँक्षा मनमा नै सिमित रहनेछन् । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । विरोधीको संख्या बढ्नेछ । धन नदिनु होला ।

मिनः– विगतका गल्ती सच्याउने अवसर मिल्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । लोभ मोह बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । सन्तान सुख मिल्नेछ । अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

Mon-Sep-2018, 05:31 pm मा प्रकाशित, 102 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *