बलत्कार पछि हत्या गरिएकि बालिका श्रेया सुनारको मृत आत्माको चिरशान्ति र समाजमा यश प्रकारका घटनाहरू नहुन र राज्य पनि यस्ता विषयलाई गम्भीर रूपमा लिएर कडा भन्दा कडा कार्वाहीको व्यवस्था गरोस भनी We Can Do (helping hands) सहयोगी हातहरुबाट पोखरा मानबअधिकार चोकमा आयोजित कार्यक्रम दिप प्रज्वलन गरीएको थियो । कार्यक्रममा ग्रुपका विभिन्न पदाधिकारी र सम्पूर्ण सदस्हरु सहभागी दिप प्रज्वलन गरी मृत आत्मले शान्ति मिलोस भन्ने कामना गर्दै एक मिनेट मौधारण गरेका थियो । उक्त कार्यक्रममा सदस्यहरु मात्र नभई विभिन्न संघसंस्थाका सदस्यहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो । साथै विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता र सर्वसाधारणहरुको उल्लेखनिय उपस्थितिमा् उक्त कार्यक्रम सम्पन्न भएको थियो । हुम बहादुर गुरुङ्ग
Sat-Sep-2018, 04:59 pm मा प्रकाशित,
172 जनाले हेर्नुभयो