तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल

- नेपाली सन्देश

स्टकहोम,असोज १८ गते । एन्जाइमबारे गरिएको अनुसन्धानका लागि एक महिला वैज्ञानिकसहित तीन जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
अमेरिकी वैज्ञानिक फ्रान्सेस अर्नोल्ड,जोर्ज पी स्मिथ र बेलायतका वैज्ञानिक ग्रगरी विन्टरलाई सो अनुसन्धानका लागि संयुक्त रुपमा रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको पुरस्कार छनोट समितिले जनाएको हो । उहाँहरुले ‘डिरेक्टिड इभ्युलुसन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ एन्जायम(प्रोटिन) बनाउनुभएको छ । त्यसरी बनाइएको प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ । बीबीसी

Thu-Oct-2018, 03:14 am मा प्रकाशित, 36 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *