भारतलाई हराउँदै नेपाल फाइनलमा

- नेपाली सन्देश

साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो । 

भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो । भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् ।

नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२-० ले पराजित गर्दा बंगलादेशसँग भने २-१ ले पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा आजै बंगलादेश र आयोजक राष्ट्र भुटान भिड्दैछन् ।

प्रतिकृया दिनुहोस

Fri-Oct-2018, 01:21 pm मा प्रकाशित, 89 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *