दैलेखमा भूकम्प

- नेपाली सन्देश

शुक्रबार दिउँसो सुर्खेतलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ। दैलेखको नारायण नगरपालिका–१० भवानीमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि पुगेको हो।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भवानी भन्ने ठाउँमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४.० रेक्टर स्केलको भुइँचालो गएको हो। उक्त क्षेत्र सुर्खेतको सीमानाबाट ३५ किलोमिटर टाढा पर्ने भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले जानकारी दिए।

सुरूमा आएको ४.० रेक्टर स्केलको भुइँचालोपछि घट्दो क्रममा अन्य पराकम्प पनि आइरहेको उनले जानकारी दिए। बस्नेतका अनुसार त्यसपछि ३.५ रेक्टर स्केलमा पराकम्प आएको छ। ३.५ रेक्टर स्केलमुनिको पराकम्पको भने महसुश नहुने उनले बताए। बिस्तारै घट्ने क्रममा समयसमयमा परकम्प आइरहने बस्नेतले बताए।

भूकम्पको केन्द्रबिन्दु रहेको भवानीमा कुनै खालको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

Fri-Oct-2018, 02:21 pm मा प्रकाशित, 42 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *