काठमाडौं म्याराथनको उपाधि श्रेष्ठ र कोँजुलाई http://bit.ly/2y4IhiR

- नेपाली सन्देश

राजधानीमा सम्पन्न १२ औँ काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ कान्छीमाया कोँजुले जितेका छन् । म्याराथनमा महिलातर्फ कोजुले २ घण्टा ५० मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले दुई वर्ष अघि आफैले बनाएको कीर्तिमान तोडेकी हुन् । दोस्रो भएकी सरिता वासीले ३ घण्टा ११ मिनेट १४ सेकेन्ड र राजपुरा पचहाईले ३ घण्टा २४ मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । आर्मीका श्रेष्ठले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पार गरे ।

आर्मीकै राजन खत्रीले २ घण्टा २३ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र पुलिसका भूमिराज राई तेस्रो भए । पहिलो हुनेले ५०, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार रुपैयाँ हात पारे । रोड रेस म्याराथनको महिलातर्फ विश्वरुपा बुढा पहिलो, बृन्दा श्रेष्ठ दोस्रो र पुष्पा भण्डारी तेस्रो भए । पुरुषतर्फ गोपीचन्द्र पास्की पहिलो, राम्जी बस्नेत दोस्रो र सन्तोष विक्रम विष्ट तेस्रो भए । उनीहरुले क्रमश २०, १३ र ७ हजार रुपैयाँ हात पारे ।

Sat-Oct-2018, 02:11 pm मा प्रकाशित, 32 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *