स्थगित लिगको नयाँ मिति घोषणा, पहिलो खेलमा मच्छिन्द्रले च्यासलसँग खेल्ने

- नेपाली सन्देश

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

फाइल: तस्वीर

शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिने एन्फाले जनाएको थियो । तर, नेपाल समूह चरणबामटै बाहिरिएपछि राष्ट्रिय टोली आइतबार स्वेद फर्किएकै दिन एन्फाले लिगको नयाँ मिति घोषणा गरेको हो ।

नयाँ तालिका अनुसार पहिलो खेलमा मच्छिन्द्र क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । खेल २४ असोजमा हुनेछ । २५ असोजमा फ्रेन्डस् क्लबले थ्री स्टार क्लबको तथा जावलाखेल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

२६ असोजमा हिमालयन शेर्पा क्लब र एपिएफ क्लब तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच खेल हुनेछ ।

उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई एनआरटीले २–२ गोलको बराबरीमा रोकेको थियो । दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।

Sun-Oct-2018, 04:33 pm मा प्रकाशित, 43 जनाले हेर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *